Logo
७ बैशाख २०८१, शुक्रबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाजुरा जीप दुर्घटनामा २ को मृत्यु, १२ जना घाइते

बाजुराको जगन्नाथ गाउपालिका-५ भुँका खोला नजिकै आज बिहान जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जीपका चालक र एक जना यात्रु रहेको प्रहरीले जनाएका छन् । बाजुराको पिलुचौरबाट कालिकोटको लालीघाटतर्फ जाँदै गरेको जीप जगन्नाथ गाउपालिकाको भुँका खोला नजिकै दुर्घटना भएको हो ।

मृतक दुबैजना मुगुका रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको स्थानीय लक्ष्मण जोशीले बताए । उनका अनुसार घाइते हुनेमा ८ जना मुगुका, १ जना बाजुराको स्वामीकार्तिक गाउँपालिकाका र २ जना जगन्नाथ गाउँपालिका–५ गोत्रीका रहेका छन् । एक जना भने सामान्य घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । हालै निर्माण भएको कर्णाली करिडोरको सो कच्ची बाटोमा जीप र ट्याक्टर चल्ने गरेका छन् ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्