Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापाथली अस्पताल तनावमा, अस्पताल परिसरमा गरियो प्रहरी परिचालन

काठमाडौं : यति बेला थापाथली अस्पतालमा तनावको अवस्था सृजना भैरहेको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पतालमा तनावग्रस्त भएको हो । सुत्केरी हुन आएकी ३८ वर्षीया कल्पना तामाङको मृत्युपछि आफन्तले अस्पतालमा नाराबाजी गरेका छन् ।

उनका आफन्तका अनुसार शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भनेर मंगलबार अस्पतालमा भर्ना गरिएको थियो। तर, एकैपटक बुधबार अस्पतालले कल्पनालाई मृत घोषणा गरेको गरेको हो। अस्पतालको लापरवाहीले सुत्केरी र बच्चाको मृत्यु भएको आफन्तको आरोप छ। यता, अस्पतालका कार्यकारी निर्देशक तथा प्रसूति रोग विशेक्षज्ञ डा. जाग्गेश्वर गौतमले भने सुत्केरी गराउने क्रममा उपचार गर्दा गर्दै बिरामीको मृत्यु भएको बताए ।

उनले भने ‘लापरवाही होइन। आमाको पेटमा बच्चा खेल्ने पानी रगतको नशा पट्टी गएर श्वास बन्द भएको र यसको असरले उपचार गर्दागर्दै आमा र बच्चाको मृत्यु भएको हो।‘ तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ। अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता जारी छ।

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्