Logo
११ बैशाख २०८१, मंगलबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गीतकार अम्बिका गुरुङको शब्दमा क्रिष्टिनाको “नेपालकी छोरी“ सार्वजनिक(भिडियो)

काठमाडौँ :  अमेरिका निवासी वरिष्ठ गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा बाल गायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गित “नेपालकी छोरी“को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

सयौं चर्चित गीतहरुलाइ आफ्नो मिठो शब्दमा उतारेर नेपाली गित संगीतलाई नयाँ उचाइमा पुर्याउन सफल गीतकार गुरुङ मोफसलमा बसेर सांगीतिक क्षेत्रमा सक्रिय हुने चर्चित नाम हो । उनले सांगीतिक क्षेत्रमा दर्जनौ अवार्ड समेत प्राप्त गरिसकेकी छिन ।

चर्चित संगीतकार महेश ज्ञवालीको संगीत रहेको यसको गीतको भिडियोलाई निर्देशक शाशन कंडेलले निर्देशन गरेका छन् भने छायाँकार रमेश बस्नेतले छायांकन तथा सम्पादन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा बालगायिका क्रिष्टिना श्रेष्ठलाइ फिचरिङ गरिएको छ ।

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्