Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पप्पु कन्स्ट्रक्सनलाई झट्का : सडक डिभिजनले दियो पुल भत्काउने निर्देशन

काठमाडौं :  सडक डिभिजन कार्यालय काठमाडौंले पप्पु कन्स्ट्रक्सनले बनाएको टेकुस्थित विष्णुमती पुल भत्काएर नयाँ बनाउनुपर्ने निर्देशन दिएकोे छ । इन्जिनियर (परामर्शदाता) को निर्देशन र ठेक्का मापदण्डअनुसार निर्माण नगरिएको भन्दै सडक डिभिजन कार्यालयले चिनियाँ जेटआईईसी-पप्पु जेभीद्वारा बनाइएको टेकु पुल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो ।

ठेक्का शर्तमा उल्लेख गरेभन्दा फरक तरिकाले निर्माण भएको संरचना भत्काइ सुुधार गर्न सडक डिभिजन कार्यालय काठमाडौंले निर्माण कम्पनीलाई मंगलबार सार्वजनिक सूचना जारी गर्दै एक साताको समय दिएको छ । उक्त अवधिभित्र निर्माण गरिएको संरचना भत्काइ ठेक्का शर्तअनुसार नबनाए ठेक्का तोडिनेछ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता सुदर्शन कार्कीका अनुसार निर्माणकार्यमा गरिएको त्रुटि सच्चाएर पुल बनाउन आग्रह गरिएको छ । ‘खरिद सम्झौताअनुसार पुल निर्माण भएको छ । गुणस्तरीय सामग्री प्रयोग नगरी पुल निर्माण गरिएको छ’, कार्कीले भने, ‘ठेक्का सम्झौताअनुसार पुलको भार क्षमता छैन् ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको तत्कालीन दिगो सहरी विकास आयोजनाले २० करोड १३ लाख रुपैयाँमा पुलको ठेक्का लगाएको थियो । निर्माण कम्पनीले १३ करोड ९२ लाख रुपैयाँमा मात्र भुक्तानी पाएको छ ।
दिगो सहरी विकास आयोजना र निर्माण कम्पनीबीच २०७१ असारमा ६० मिटर लामो पुल निर्माण गर्ने सम्झौता भएको थियो । पुल बनाउने क्रममा निर्माण कम्पनीले परामर्शदाता र आयोजना लाई बेवास्ता गर्दै कमसल सामग्री प्रयोग गर्दै आएको थियो ।

निर्माण कम्पनीले पिलर निर्माणदेखि नै ठेक्का सम्झौता विपरीत पुल बनाउँदै आएको थियो । ६० मिटरको पुललाई वारी र पारी जोड्न ३ वटा पिलर बनाउनेगरी डिजाइन पास गरिएको थियो । नदीको दायाँ २०, बायाँ १० र बीचमा ३० मिटरको पिलर बनाएर पुल बनाउने ठेक्का सम्झौता छ ।

२५ मिटरभन्दा कमको पिलर सामान्य प्रक्रियाबाट निर्माण गरिन्छ भने सोभन्दा लामो पिलरमा तारलाई तन्काएर बाँध्नुपर्ने हुन्छ । बीचको पिलरलाई अन्य पिलरसँग जोड्न ७ वटा बिम बनाउनुपर्ने हुन्छ । एउटा बिममा १५.७ एमएमको ३ वटा तार राख्नुपर्छ । तर निर्माण कम्पनीले ०.५ एमएम कमको १५.२ एमएमको तार राखेर परामर्शदाता र आयोजनाको आँखा छल्न सिमेन्टको घोल हालेर पुरेको जानकारी रहेको छ ।

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्