Logo
७ बैशाख २०८१, शुक्रबार
(July 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटको अवस्था बुझ्न पुगको नेता र मन्त्रीले बाढी प्रभावितलाई दिए यस्तो आश्वासन

रौतहट : गत साता परेको अविरल वर्षापछि आएको बाढी प्रभावित क्षेत्र रौतहटको अवस्था बुझ्न गृहमन्त्री साथै मन्त्रीको टोली आज बुधबार सदरमुकाम गौर पुगेका छन् ।

बाढी आएको झण्डै एक साता बित्न लाग्दा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठसहितको टोली सदरमुकाम गौर पुगेका हुन् ।

त्यस्तै नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, विकास समितिकी सभापति कल्याणी खडका, नेकपा नेता प्रभु साह तथा राजपा नेपालका संयोजक अनिल झालगायतको टोली हेलिकोप्टरबाट रौतहट पुगेका छन् ।

टोलीले रौतहटका सुरक्षा अधिकारी तथा नेताहरु सँग बस्तुस्थितिको बारेमा जानकारी लिएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रामबहादुर थापाले विपदबाट जोगाउन गर्नुपर्ने तयारी सरकारले गरिरहेको बताए ।

‘सरकारले आफ्नो तर्फ बाट गर्नु पर्ने तयारीहरु गरिरहेका छौं’ गृहमन्त्री थापाले भने ‘जनधनको क्षति हुन नदिन हामीले काम गरिरहेका छौं । विपद व्यवस्थापन समितिले क्षति न्यूनीकरण गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय तहको स्तरमा पनि काम अगाडि बढाएको छ ।’ विपदपछिको पुनर्निर्माणमा सरकार जुटेको पनि उनले बताए ।

ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले बाढीको जोखिमका बारेमा पूर्वसूचना दिने गरेको बताए । पानी घटिसकेकोले पुनर्निर्माणका लागि पनि मातहतका कार्यालयहरुलाई निर्देशन दिएको उनले बताए । अझै पनि मनसुन बाँकी रहेकोले आउने दिनमा थप क्षति नहोस् भन्नका लागि कुटनीतिक रुपमा पनि पहल भइरहेको उनले बताए ।

बाढीबाट स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राखेर विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताए । झाडापखाला जस्ता सरुवा रोग नियन्त्रण गर्न र महामारी फैलन नदिन स्वास्थ्य मन्त्रलायले तयारी गरेको उनले बताए । प्रदेशस्तरमै स्वास्थ्य अवस्थाको अवलोकन तथा निगरानीका लागी पनि संयन्त्र बनाइएको स्वास्थ्य मन्त्री यादवले बताए ।

गत शुक्रबार लाल बकैया र बाग्मती नदी उर्लिएर मंगलबार राति पसेको बाढीका कारण रौतहटमा ठूलो क्षति भएको छ । बाढीका कारण जनजीवन निकै कष्टकर बनेको छ भने बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुट्दा हजारौ परिवार विस्थापित बनेका छन् ।
मन्त्रीहरुले हेलिकप्टर बाटै निरीक्षण गरेको र स्थालगत रुपमा पीर मर्का नसुनेकोमा स्थानीयले भने गुनासो गरेका छन् ।

प्रकाशित मिति: Jul 17, 2019

प्रतिक्रिया दिनुहोस्