Logo
१३ बैशाख २०८१, बिहीबार
(July 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिरामिड शैलीको नेटवर्किङ व्यापार, ११ सञ्चालक पक्राउ

कपिलवस्तु : कपिलवस्तु प्रहरीले ११ जनालाई नेटवर्किंग व्यवसाय सञ्चालन गरी ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।

युनिटी लाइफ नामक संस्थामार्फत नेटवर्किङ व्यवसाय गरी ठगी गरेका उनीहरूलाई कपिलवस्तु प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

सुरुमा सदस्य बन्नेहरू मोटाउने अनि पछि बन्नेहरू मारमा पर्ने पिरामिड शैलीको नेटवर्किङ व्यापार गर्दै अनुमतिबिना गैरकानुनी रुपमा सदस्यबाट करोडौं रकम जम्मा गरि ठगी गरिरहेको भन्ने उजुरीका आधारमा कपिलवस्तु प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

मंगलबार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई गम्भीर छानबिनका लागि अनुसन्धान अगाडि बढाइएको हो । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलको कमाण्डमा बिगत दुई हप्तादेखिको गोप्य अप्रेसनबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।

प्रकाशित मिति: Jul 16, 2019

प्रतिक्रिया दिनुहोस्