Logo
१५ चैत्र २०८०, बिहीबार
(July 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवाविरुद्ध काठमाडौंमा आदिवासी जनजातिको प्रदर्शन

काठमाडौं : लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आदिवासी जनजातिहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

जनजाति महासंघसहितका संगठनले विरोध प्रदर्शन गरेका हुन् । जनजाति संगठनहरुले बानेश्वरतर्फ ल्याएको जुलुस माइती घरमा जम्मा भएका थिए । लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको दरखास्त आव्हान संविधान विपरित रहेको उनट्ठीहरुको जिकिर छ ।

संविधानविपरित भन्दै परेका रिटमा सर्वोच्चले यसअघि नै लोकसेवाको पक्षमा अन्तरिम आदेश दिइसकेको छ । संसदको राज्य व्यवस्था समितिले असमावेसी भएको भन्दै समावेसी सिद्धान्तका आधारमा विज्ञापन आव्हान गर्न भनेको थियो ।

प्रकाशित मिति: Jul 16, 2019

प्रतिक्रिया दिनुहोस्