Logo
४ बैशाख २०८१, मंगलबार
(July 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबार राति खण्डग्रास चन्द्र ग्रहण लाग्दै, कुन राशिले हेर्ने कुन् राशिले नहेर्ने ?

काठमाडौँ : मंगलबार अबेर राति खण्डग्रास चन्द्र ग्रहण देख्न सकिन्छ । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ । जब चन्द्रमा पृथ्वीको छायाबाट गुज्रिन्छ तब ग्रहण लाग्छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटिका अनुसार मंगलबार गुरुपुर्णिमाको राति १२ बजेर २८ मिनेट देखि करिब २ घण्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । राति करिब १ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्र ग्रहणले चन्द्रमा लाई ३ बजेर १५ मिनेट मा अत्यधिक ढाक्ने छ ।

चन्द्र ग्रहण हेर्ने खोज्नेले मङ्गलबार राति १ बजेर ४६ मिनेट देखि ४ बजेर ४४ मिनेट सम्म चन्द्रमाको केही भाग रातोरतामा रङ्गको देख्न सक्नेछन् ।पृथ्वीको वायुमण्डलको छान्ने र परावर्तित गर्ने प्रभावको कारण ग्रहणको समय चन्द्रमाको रङ्गमा भइरहेको परिवर्तन अनौठो लाग्ने खगोलविद्हरु बताउँछन् ।

कुन राशिले हेर्ने कुन् राशिले नहेर्ने ?
यो ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशिका लागि फलदायी बताइएको छ । तर मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक धन र मकर राशिका मानिसले यो ग्रहण हेर्न नहुने बताइएको छ।

प्रकाशित मिति: Jul 16, 2019

प्रतिक्रिया दिनुहोस्