Logo
११ बैशाख २०८१, मंगलबार
(July 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन सक्दैन’

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एकसाथ तीन पटक ट्वीट गर्दै अमेरिका कहिल्यै पनि समाजवादी र कम्युनिस्ट हुन नसक्ने बताएका छन् ।

समाजवादी र साम्यवादीहरुलाई अमेरिका छाड्न चुनौति दिँदै गरेको ट्वीटले ट्रम्प पुन: विवादमा परेका छन् । उनले खुला सिमानाको पक्षमा बोल्ने डेमोक्रेटिक पार्टीप्रति समेत एकसाथ प्रहार गरेका छन् ।

उनले यसबाट खुसी हुन नसक्नेहरुले अमेरिका छाड्न सक्ने विकल्प रहेको भन्दै त्यो उनीहरुको एक्लो छनौट हुने बताएका छन् ।
केही व्यक्तिले अमेरिकालाई घृणा गरिरहेको भन्दै ट्रम्पले त्यस्ता व्यक्ति इजरायल विरोधी, अलकायदा समर्थक रहेको बताएका छन् ।

उनले वामपन्थी डेमोक्र्याटहरुले खुला सिमाना चाहेको र त्यसबाट लागू पदार्थ, अपराध र मानव बेचबिखन जस्ता कार्यलाई प्रोत्साहन दिन खोजेको आरोप लगाएका छन् ।

अमेरिका अहिले जस्तो बलियो कहिल्यै नभएको दावी गर्दै उनले सैनिक शक्तिको पुनर्गठन, अहिलेसम्मकै उच्च स्टक मार्केट, सबैभन्दा कम बेरोजगारी कायम हुन सफल भएको दावीसमेत गरेका छन् ।

प्रकाशित मिति: Jul 16, 2019

प्रतिक्रिया दिनुहोस्