Logo
६ बैशाख २०८१, बिहीबार
(July 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकै पटक यी ३ वटा मुलुकमा मेगा रेमिट सेवा विस्तार

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले एकै पटक तीन वटा मुलुकमा मेगा रेमिट सेवा विस्तार गरेको छ। मेगा बैंकले सेवा विस्तार गर्ने क्रममा हङकङ, युएई र जोर्डनमा मेगा रेमिट सेवा सुरु गरेको हो ।

सेवा सञ्चालनसँगै हङकङबाट इ-पे लिमिटेडबाट मेगा रेमिटमा नेपाल रकम पठाउन सक्ने जनाइएको छ। यस्तै, युएईको सराफ एक्सचेन्जबाट मेगा रेमिटमा रकम पठाउन सकिने बैंकले जनाएको छ। जोर्डनको अल अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको छ ।

उक्त मुलुकबाट पठाइएको रकम मेगा बैंक र देशभर रहेका मेगा रेमिटका २ हजार ५०० भन्दा बढी एजेण्टमार्फत भुक्तानी लिन सकिने मेगा बैंकले जनाएको छ ।

प्रकाशित मिति: Jul 16, 2019

प्रतिक्रिया दिनुहोस्