Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरिनगर गाउँपालिकाकी उपाध्यक्षले थालिन बाढि पीडित क्षेत्रको अनुगमन

प्रदेश नम्बर १ स्थित सुनसरीको हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले गाँउपालिकाको बाढि पीडित क्षेत्रमा अनुगमन गरेकीछन् ।

लगातर केही दिन परेको अविरल वर्षाका कारण बाढीबाट प्रभावित क्षेत्रमा सोमवार हरिनगर गाउँपालिकाकी उपाध्यक्ष भगतले बाढी पीडितसंग प्रत्यक्ष भेटघाट गरि समस्या बुझेकी हुन् ।

सुनसरी सिमा नाकामा पर्ने हरिनगर गाउँपालिका वाडा नम्बर ६ र ७ वाडाका सर्वसाधारणहरु वाढीबाट प्रभावित भएपछि गाउँपालिकाकी उपाध्यक्षले अनुगमन गरेकी हुन ।

अनुगमनमा सो ६ र ७ वाडाका करिब १ सय ५० घर परिवार बाढिबाट प्रभावित भएको बताईएको छ । सो घर परिवारलाई गाउँपलिकाबाट राहत उपलब्ध गराउने उनले बताइन ।

हरिनगर गाउँपालिका जम्मा ७ वटा वाडा रहेपनी सबैभन्दा वढि ६ र ७ वाडाका सर्वसाधारणहरु समस्यामा परेका हुन । सुनसरीको सिमावर्ती क्षेत्रमा रहेको सो ६ र ७ वाडामा राहत लिएर कुनै पनि निकाय नगएपछी उपाध्यक्ष भगतले आफैले अनुगमन सहित राहत समेत वितरण गर्न लागेकी हुन् ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्