Logo
६ बैशाख २०८१, बिहीबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोलाले बगाएर बेपत्ता आमाछोरीको शव भेटियो

हेटौंडा : आइतबार राति खोलाले घर बगाउँदा बेपत्ता भएका आमा र छोरीको शव फेला परेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ तौमासमा खहरे खोलाले घर बगाउँदा बेपत्ता ४० वर्षीया कान्छीमाया बलामी र उनकी १७ वर्षीया छोरी बबिताको शव फेला परेको छ ।

सोमबार बिहान उनीहरुको शव घटनास्थलबाट ५० मिटर तल पुरिएको अवस्थामा भेटिएको हो ।

राति घरमै सुतिरहेका उनीहरुलाई वर्षासँगै आएको खहरेले बगाएको थियो । घरमै सुतेका मध्ये एकजना भाग्न सफल भएकाथिए ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्