Logo
७ बैशाख २०८१, शुक्रबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले संचारमाध्यममा विदेशी लगानी स्वीकार गर्न सक्दैन : सञ्चारमन्त्री

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले संचार माध्याममा विदेशी लगानी स्वीकार गर्न नसकिने बताएका छन् ।

सोमबार काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटै संचार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने बताउदै साे कुरा बताएका हुन् ।

उनले संचार माध्यमहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए । केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही संचार माध्यामबाट आउन थालेकोमा मन्त्री बास्कोटाको दाबी छ ।

मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यामलाई कारबाही गरिने पनि बताए ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्