Logo
१२ बैशाख २०८१, बुधबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तरी अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोट, २ को मृत्यु

मजार : उत्तरी अफगानिस्तानको बाल्ख प्रान्तमा बारुदी सुरुङ बिस्फोट हुँदा दुई बालबालिकाको ज्यान गएको सैनिक स्रोतले जनाएको छ ।

सेनाका प्रवक्ता हनिफ रेजाईले चहर बोलाक जिल्लाको खानाबादमा बेबारिसे बारुदी सुरुङ छुनेक्रममा बिस्फोट हुँदा दुबै बालबालिकाको मृत्यु भएको जानकारी दिए ।

सेनाले उक्त बारुदी सुरुङ शान्तिका दुश्मन तालिबान विद्रोहीले बिछ्याएको पनि दाबी गरेको छ । तालिवान विद्रोहीहरुले सुरक्षा फौजलाई लक्षित गरी सडकहरुमा बम र बारुदी सुरुङ बिछ्याउने गरेका छन् ।

यस्ता बेबारिसे बारुदी सुरुङमा परेर बर्से्नि धेरै अबोध बालबालिकाको ज्यान जाने गरेको छ । -सिन्ह्वा

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्