Logo
१५ चैत्र २०८०, बिहीबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदहरूलाई प्रभावित क्षेत्रमा उद्धार र राहतमा लाग्न सभामुख महराको आग्रह

काठमाण्डौं : प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले अविरल वर्षाका कारण देशका बाढी, पहिरो र डुबान क्षेत्रमा गएर राहत र उद्धारकार्यमा लाग्न सांसदहरुलाई आग्रह गरेका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै सभामुख महराले प्राकृतिक विपत्तीबाट भएको जनधन क्षतिको घटनाले आफूलाई निकै मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएकाे छ-‘प्राकृतिक विपदमा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध गर्दछु । साथै विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवम् राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुसँग हार्दिक अपील गर्दछु’।
उनले संघीय संसद प्रतिनिधि सभाका सदस्यहरुलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरेका छन् ।

यस्तै आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, सामाजिक संघ संस्था÷अभियन्ताहरु, राजनीतिक दल तथा सर्वसाधारणलाई पनि आग्रह गरेका छन् ।

सभामुख महराले यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवम् राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीनका योजना बनाई व्यवहारिक रुपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षण पनि गराएका छन् ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्