Logo
८ बैशाख २०८१, शनिबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले गरेको उद्धार र राहत कार्यमा कांग्रेसले अनुगमन गर्ने

काठमाडौं : प्रभावित क्षेत्रमा सरकारले गरेको उद्धार र राहतको कार्यमा कांग्रेसले अनुगमन गर्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गरी कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्यमा सरकारले गरेको कामको अनुगमन गर्ने बताएको हो । विज्ञप्तिमा लेखिएको छ, ‘प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने जानकारी पनि गराउँदछु,’

कांग्रेसले अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेको छ ।

देउवाले पीडामा परेकाहरुको सेवामा समर्पित हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह-पूर्वाग्रह भन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी(दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।’

यसअघि कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले उद्धार र राहतमा समर्पित हुने निर्णय गरेको जानकारी देउवाले दिएका छन् ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्