Logo
१३ बैशाख २०८१, बिहीबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इंग्ल्याण्ड बने विश्वकप क्रिकेट २०१९ को विजेता : तर चौतर्फी हुँदैछ आलोचना

फुटवलपछिको दोस्रो ठूलो खेल मानिने एक दिवसीय विश्वकप क्रिकेट २०१९ को उपाधि इंग्ल्याण्डले आफ्नो नाममा गरिसकेको छ । तर यसको आलोचना भने चौतर्फीरुपमा भैरहेको छ । फाइनलको अति रोमाञ्चक खेलमा इंग्ल्याण्डले न्युजील्याण्डलाई हराएको हो ।

टस जितेर पहिला ब्याटिङ गर्न उत्रेको न्युजिल्याण्डले आठ विकेट गुमाएर २४१ रन बनायो । जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले पनि पूरा ५० ओभर खेलेर २४१ रन नै बनायो ।यसपछि म्याच सुपर ओभरमा गयो र त्यसमा पनि दुवै टिमले समान रन बनाए । तर, धेरै बाउन्ड्री लगाएका कारण कप इंग्ल्याण्डको पोल्टामा उपाधि गयो ।

जितपछि इंग्ल्याण्डका कप्तान इयान मोर्गनले भने ‘केन र उनको टिमप्रति मेरो सहानुभूति छ । मलाई लाग्छ कि आजको खेल अति नै प्रतिस्पर्धात्मक भयो । यस्तो पिचमा खेल्न हाम्रो लागि मुस्किल थियो । तर अन्तिममा हामीले यो गरेर देखायौँ, हामी धेरै खुशी छौँ कि हामीले यो ट्रफी उचाल्न सक्यौँ ।’

मोर्गनले आफ्नो टिमका खेलाडीहरुलाई जितको श्रेय दिए र भने कडा मेहनतले यो सम्भव हुन सक्यो । फाइनलमा पराजित टिम न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भने ‘ हामी टस जितेर पहिले ब्याटिङ गर्न चाहनथ्यौँ । हामीलाई लागेको थियो रन बनाउन चुनौतीपूर्ण छ, सोचेका थियौँ फाइनलका लागि २४०–२५० रन काफी हुन्छ । तर यो उत्कृष्ट खेल भयो । यसमा हाम्रो लागि धेरै सकारात्मक कुराहरु भए ।’

उनले अगाडि भने ‘ त्यो (स्टोक्स को दुर्घटनाबस भएको बाउन्ड्री) अफसोचजनक रह्यो । यस्तो बेला त्यस्तो हुनु निकै दुस्खद थियो ।’ फाइनल खेल भलै इंग्ल्याण्डले जितेको छ तर न्युजिल्याण्डको खेलको पनि तारिफ भइरहेको छ। बाउन्ड्री कम भएपछि पराजित भएको न्युजिल्याण्डलाई सहानुभूति प्रकट गरिएको छ । धेरैले बाउन्ड्री नियममा आधारित रहेर विजेता घोषणा गरिने नियमको आलोचना गरेका छन् ।

जुन समयमा वर्ल्डकपको रोमाञ्चक प्रतिस्पर्धा चलिरहेको थियो, ठीक त्यही समयमा विम्बल्डन टेनिको उपाधीको प्रतिस्पर्धा पनि जारी थियो, जसमा नोभाक जोकोभिकले रोजर फेडेररलाई हराए । दर्शकको नजर यी दुवै खेलमा थियो ।

वर्ल्डकप क्रिकेटको फाइनल प्रतिस्पर्धा सकिनासाथ विभिन्न प्रतिक्रियाहरु सार्वजनिक हुन थाले । यसबीचमा विम्बल्डनले आईसीसीलाई मेन्सन गर्दै एक रोचक ट्वीट गर्यो । ट्वीटमा लेखिएको थियो, ‘हेलो आईसीसी तिमी खेल सकिएको नाटक कसरी गर्छौ ?’

त्यसको केही समयमा क्रिकेट वर्ल्डकपले ट्वीट गरेर इंग्ल्याण्डलाई वर्ल्ड च्याम्पियन घोाषणा गर्यो। ट्वीटमा लेखिएको थियो ‘एक विजेता, दुई च्याम्पियन टिम ।’

व्रिटेनकी प्रधानमन्त्री टेरिजा मेले पनि ट्वीट गरेर इंग्ल्याण्डलाई बधाइ दिइन् । तर भारतका पूर्व क्रिकेटर गौतम गम्भीरले भनेका छन् ‘खेलको विजेताको फैसला सबैभन्दा बढी बाउन्ड्री लगाएको आधारमा भयो । आईसीसीको यो बेतुकको नियम हो । टाई हुनु पर्थ्यो । म दुवै टिमलाई बधाई दिन्छु जसले उत्कृष्ट फाइनल खेले । दुवै विजेता हुन् ।’

पूर्व भारतीय क्रिकेटर युवराज सिंहले ट्वीट गरेका छन्, ‘ म यो नियमसँग सहमत छैन । तर नियम त नियम नै हो । इंग्ल्याण्डले विश्वकप जितेकोमा बधाई । मेरो सहानुभूति किवियोप्रति छ जो अन्तिमसम्म लडे । उत्कृष्ट खेल ।’ इंग्लयाण्ड पहिलो पटक विश्व विजेता बनेको हो ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्