Logo
१५ चैत्र २०८०, बिहीबार
(July 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्ट्रेलियामा ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

अस्ट्रेलियामा आज ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । उत्तरपश्चिमी तटीय क्षेत्र केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएकोे हो ।

चर्चित बिच रिसोर्ट ब्रुमबाट १२६ किलोमिटर टाढा केन्द्रविन्दु भएको भूकम्प स्थानीय समयअनुसार मध्यान्ह १.३९ बजे गएको थियो । यो उत्तरपश्चिमी तटीय क्षेत्रमा ३० वर्षयताकै शक्तिशाली भूकम्प रहेको बताइएको छ । भूकम्पको धक्का १ मिनेटसम्म महसुस गरिएको स्थानीयले जनाएका छन्।

भूकम्पको धक्का महसुस हुनेबित्तिकै मानिसहरू घरबाहिर भागेका थिए । उक्त भूकम्पको धक्का इण्डोनेशियासम्म महसुस भएका कारण कुनै किसिमको मानवीय क्षति भएका समाचार आएका भने छैनन् । तर, स्थानीय डिपार्टमेन्ट स्टोरका छाना भत्किएका र सामान यत्रतत्र छरिएका तस्बिर सामाजिक सन्जालमा आएका छन् ।

 

प्रकाशित मिति: Jul 14, 2019

प्रतिक्रिया दिनुहोस्