Logo
१३ बैशाख २०८१, बिहीबार
(July 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं :  साताको पहिलो दिन सुन तथा चाँदीको भाउमा कुनै किसिमको घटबढ देखिएको छैन । गत साता शुक्रबार प्रतितोला २ सयले घटेर ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर देखिएको छ ।

त्यसैगरी आज तेजावी सुनको मूल्य पनि स्थिर भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ आज पनि यथावत् रहेको छ । आइतबार चाँदी ७ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Jul 14, 2019

प्रतिक्रिया दिनुहोस्