Logo
७ बैशाख २०८१, शुक्रबार
(July 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली क्रिकेट टिमले आफ्नो जीतलाई गरे बाढी–पहिरो तथा डुबान प्रभावितप्रति समर्पण

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो जीतलाई बाढी पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका र प्रभावित भएकाहरुप्रति समर्पित गरेको छ ।

टिमका कप्तान पारस खड्काले मलेसियाविरुद्धको टी–२० सिरिजको जित बाढी पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका र प्रभावित भएकाहरुमा समर्पित गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश जारी गर्दै पारसले बाढी पहिरोमा ज्यान गुमाएका र प्रभावितहरुमा उपाधि समर्पित गरेको उल्लेख गरेका हुन् ।

मलेसियाविरुद्ध दुई खेलको सिरिजमा २–० ले क्लिन स्विप गरेको नेपालका लागि यो उत्कृष्ट जित भएको पनि उनले बताएका छन् ।

उनले टिममा सबैको महत्वपूर्ण योगदान रहेको बताएका छन् । शनिबार मलेसियाविरुद्ध पहिलो खेल ७ विकेटले जितेको नेपालले आइतबार दोस्रो खेल ६ रनले जितेको हो ।

प्रकाशित मिति: Jul 14, 2019

प्रतिक्रिया दिनुहोस्