Logo
१३ बैशाख २०८१, बिहीबार
(July 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिद्धुले तोडे कांग्रेससँगको नाता, दिए पञ्जाबको मन्त्रीमण्डलबाट राजीनामा

भारतीय कांग्रेस नेता एवम् पूर्व क्रिकेटर नवजोत सिंह सिद्धुले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा पठाएको जानकारी दिएका छन् । पञ्जाबको मन्त्रीमण्डलबाट राजीनामा दिएका सिद्धुले ट्वीट गरेर आफूले मुख्यमन्त्री अमरिंदर सिंहलाई आफ्नो राजीनामा दिएका छन् ।

राजीनामा सम्बन्धी जानकारी दिनुभन्दा पनि पहिले ट्वीटमार्फत जुन १० मा कांग्रेस अध्यक्ष राहुल गान्धीलाई लेखेको पत्र पनि ट्वीट गरेका थिए । पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह र नवजोत सिंह सिद्धुबिचको सम्बन्धमा तनाव आएका कुरा लामो समयदेखि चर्चामा थियो ।

लोकसभा चुनावमा राज्यमा कांग्रेसले राम्रो गर्न नसक्नुमा अमरिंदरले सिद्धु दोषी रहेको आरोप लगाएका थिए । जुन ६ मा अमरिंदरले सिद्धुसहितका मन्त्रीहरुको मन्त्रालय परिवर्तन गरेका थिए । त्यसबाट उनी निराश भएका थिए र मन्त्रीपरिषद बैठकमा सहभागी भएका थिएनन् ।

प्रकाशित मिति: Jul 14, 2019

प्रतिक्रिया दिनुहोस्