Logo
१३ बैशाख २०८१, बिहीबार
(July 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छिमेकी देश भारतमा पनि बाढी र पहिरोको वितण्डा, मृत्यु हुनेको संख्या १५ पुग्यो

नयाँ दिल्ली :  नेपालको छिमेकी देश भारतमा पनि बाढी पहिरोको वितण्डा मच्चिएको छ । अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले भारतको उत्तर प्रदेशमा १५ जनाको ज्यान गएको छ ।

अधिकारीले उपलब्ध गराएको पछिल्लो विवरणलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार ३ दिनको अविरल वर्षापछिको बाढी र पहिरोका कारण १५ जनाको मृत्यु भएको छ भने २३ जनावर पनि मरेका छन् । त्यसैगरी १३३ ओटा घर भत्किएका छन् ।

प्राकृतिक प्रकोपबाट प्रभावित हुने जिल्लाहरुमा उन्नाउ, अम्बेडकर नगर, प्रयागराज, बाराबाँकी, हार्डोइ, खिरी, गोरखपुर, कानपुर नगर, पिलिभित, सोनाभाद्र, चन्डोली, फिरोजवाद, माउ र सुल्तानपुर रहेका छन् ।

भारतको मौसम विभागले उत्तराखण्ड, पूर्वी उत्तर प्रदेश, झारखण्ड, मध्य महाराष्ट्र, कोन्कान र गोआ, कोस्टल कर्नाटक, अरुणाञ्चल प्रदेश र नागाल्याण्ड, मणीपुर, मिजोराम र त्रिपुरालगायतका क्षेत्र पनि वर्षा र बाढी पहिरोले बढी प्रभावित भएका छन् । यी ठाउँहरुमा अझै केही दिन बर्षा र बाढी पहिरोको प्रभाव पर्ने विभागले अनुमान गरेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति: Jul 13, 2019

प्रतिक्रिया दिनुहोस्