Logo
७ बैशाख २०८१, शुक्रबार
(July 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्दिर भित्र पनि सिरिञ्ज आतंक कायमै

काठमाडौं :  उपत्यकामा रहेको विशाल मन्दिर पशुपतिनाथ मन्दिरभित्र सिरिञ्ज आक्रमण भएको छ । एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको गुनासो गरेपश्चात् उनलाई परीक्षणका लागि अस्पताल पठाइएको हो ।

अहिले प्रहरीले पशुपतिका चारै ढोका बन्द गरेर शंकास्पद व्यक्तिको खोजी जारी राखेको छ । घटनाका बारेमा जानकारी दिँदै प्रहरी निरिक्षक कपुर गुरुङले ५२ वर्षकी एक महिलाले सिरिञ्ज आक्रमण भएको गुनासो गरेको बताए । उनले भने,’अन्दाजी ५२ वर्षीय महिलाबाट गुुनासो आएपछि हामीले उहाँलाइ अस्पताल पठाएका छौ । शंकास्पद व्यक्तिको खोजी जारी छ ।’

गुनासो गर्ने पीडित महिलालाई भने सुक्रराज ट्रपिकल अस्पताल टेकु पठाइएको छ । काठमाडौ प्रहरीले भने यो हल्ला मात्रै पनि हुन सक्ने दाबी गरेको छ । यसअघि बनेपामा पनि सिरिञ्ज आक्रमणको हल्ला चलाइएको थियो ।

प्रकाशित मिति: Jul 13, 2019

प्रतिक्रिया दिनुहोस्