Logo
७ बैशाख २०८१, शुक्रबार
(July 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुणस्तरहिन काम भएको भन्दै स्थानिय आक्रोसित

सुनसरी :  सुनसरीको दुहवी ५ स्थित ढकाल चोकमा २ हप्ता अगाडी बनाइएको पक्की नाला निर्माण कार्य गुणस्तरहिन भएको भन्दै स्थानियहरु आक्रोसित भएका छन् ।

सडक छेवमा बनाइएको पक्की नाला निर्माण कार्य अव्यवस्थित ढंगबाट गुणस्तरहिन काम गरेको भन्दै स्थानियहरु आक्रोसित भएका छन् । पुरानो पक्की नाला न भत्काइ पुरानै नालामाथि सडक लेवल मिलाउँन इँटा थपेर पक्की नाला निर्माण कार्य गरेकोले नाला भत्केको स्थानियहरुले दावी गरेका छन् ।

स्थानिय बिसु पोखरेल, हरि राउत, रमेश दाहाल लगायतले आक्रोस पोख्दै भने ४ दिनको पानि सहन न सक्ने पक्की नाला बनाउने ठेकेदार र अनुगमन-निरीक्षण न गर्ने जनप्रतिनिधिहरुलाइ समेत कारवाही हुनुपर्छ ।

प्रकाशित मिति: Jul 13, 2019

प्रतिक्रिया दिनुहोस्