Logo
८ बैशाख २०८१, शनिबार
(July 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुढिपुल तथा सडक जोखिममा परेकोले कटान रोक्न तारजाली लगाउन सुरु

सुनसरी/ अविरल बर्षाका कारण आएको बाढीले कोशि राजमार्ग अन्तर्गत सुनसरी–मोरङ जोडने दुहबीको बुढिपुल तथा सडक जोखिममा परेकोले कटान रोक्न तारजाली लगाउन सुरु भएको छ । हरेक साल वर्षायाममा दुहबीको बुढिपुल उच्च जोखिममा भन्दै स्थानिय संचार माध्यमले सुसिचित गराएपनि सरोकारवाला निकायले वेलैमा ध्यान न पुर्याउँदा राजमार्ग सडक खण्डको ड्रेन र सडक समेत भाँसिएको हो ।

अहिले तारजालीले स्पर निर्माण गरी कटान गर्नबाट बचाउने प्रयास भइरहेको छ । बाढीको कटानले बुढिपुल नजिकै रहेको वस्ती समेत उच्च जोखिममा रहेको छ । प्रहरीले सो सडक खण्डको करिव आधा भाग घेराउ गरेर सवारी अवागमनमा सर्तकता अपनाएको छ ।

प्रकाशित मिति: Jul 13, 2019

प्रतिक्रिया दिनुहोस्