Logo
११ बैशाख २०८१, मंगलबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौंको मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका एकै परिवारका तीनजनाको नजिकैको घरको पर्खाल भत्किँदाज्यान गएको हो ।

महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर टहरामा खस्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको हो । उनीहरु मजदुर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कलंकीबाट एक जना व्यक्ति बेपत्ता भएका छन् । बल्खु खोलामा बगेर आएको ग्यास सिलिण्डर समात्न खोलामा पसेका विनोद चौधरी बेपत्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्