Logo
१५ चैत्र २०८०, बिहीबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अझै उडान सुचारु हुन सकेन, यतीको विमान हटाउन सकस

काठमाडौं : यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अझै उडान सुचारु हुन सकेको छैन ।

यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिए लगत्तै विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ ।

जहाजको एउटा पांग्रा हिलोमा गाडिएका कारण निकाल्न कठिन भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘पछाडिको एउटा पांग्रा हिलोमा गाडिएको छ । अहिले ज्याक लगाएर जहाज उठाएर पांग्रामुनी ठोस वस्तु राखेर बाहिर निकाल्ने तयारी भइररहेको छ’ उनले भने । हिलो र अधिक वर्षाका कारण काममा ढिलाइ भएको महाप्रबन्धक क्षेत्रीले बताए  ।

विभिन्न ठाउँ जान विमानस्थल पुगेकाहरु अलपत्र परेका छन् । नेपाल आउँदै गरेका अधिकांश विमान डाइभर्ट गरिएको छ ।
अहिले विमान हटाउने प्रयास भइरहेको छ ।

विमान हटाउन समय लागेका कारण विमानस्थल कार्यालयले साँझ ५ बजेसम्म नोटाम जारी गरेको छ । ५ बजेसम्मका लागि नोटाम जारी गरे पनि जहाज पन्छाउन त्यसभन्दा बढी समय लाग्नसक्ने विमानस्थल कार्यालयको भनाइ छ ।

नेपालगञ्जबाट यात्रु लिएर आएको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मेदानमा पुगेको थियो ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्