Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुरमा विद्यार्थी बोकेर जाँदै गरेको स्कुल बसमाथि खस्यो रूख

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा रहेको अनिरुद्र माध्यमिक विद्यालयको विद्यार्थी बोकेर जाँदै गरेको से १ क १०३१ नम्बरको बसमाथि शुक्रवार रूख खसेर क्षतिग्रस्त बनेको छ । विद्यार्थी भने जोगिएका छन् ।

बस गुड्दै गरेका बेला एकाएक रूख खसेको हो । दुई विद्यार्थीलाई सामान्य चोट लागेको भएता पनि अन्य विद्यार्थी र चालक सकुशल रहेका छन् ।

’पसल र घरमा रहेका बासिन्दाले दौडेर सबै विद्यार्थीलाई बाहिर निकाल्यौं’ प्रत्यक्षदर्शी चक्र बहादुर साउदले भने, ‘दुई जना विद्यार्थीलाई झयालको सिसा लाग्दा समान्य चोटबाहेक कसैलाई केही भएन ।’

सवार दुई जना विद्यार्थी सामान्य घाइते भएका छन् । घाइते विद्यार्थीको शुक्लाफाँटा मेडिकलमा सामान्य उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्