Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुर्खेतका जिल्ला वन प्रमुख ४ लाख घुससहित कार्यालयबाटै पक्राउ

सुर्खेत : जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डिएफओ) ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जिल्ला वन प्रमुख भक्तबहादुर लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार मध्यान्ह १२ बजे चार लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ ।

’लामालाई घुससहित पक्राउ गरिएको छ’, अख्तियारका प्रवक्ता कोइरालाले भने, ’लामा एकजना पक्राउ परेका छन्। यसबारे विस्तृत विवरण आइसकेको छैन ।’

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्