Logo
७ बैशाख २०८१, शुक्रबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारी वर्षाले काठमाडौं अस्तब्यस्त, आज पानी नरोकीने

काठमाडौं : अधिकांश स्थानमा आज बिहान देखि परेको अविरल वर्षा भैरहेको छ ।

उक्त बर्षाको कारण राजधानी काठमाडौं अस्तब्यस्त भएको छ । कतिपय स्थानमा आज भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

अहिले पनि देशभर लगातार मनसुनी वर्षा भइरहेको छ । मनसुनी समयमा जमिन तातेपछि पानीका कण बोकेको हावाले निश्चित ठाउँमा एउटा प्रणालीको विकास गराउँछ ।

यो समयमा ठाउँ-ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायूमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भन्ने गरिन्छ । यही रेखाका कारण आज देशैभर बदली भई ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पश्चिमी भूभागका केही ठाउँ, मध्य र पूर्वका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा अति ठूलो वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । आज राति पनि पूर्ण बदलीको सम्भावना रहेकाले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्