Logo
१२ बैशाख २०८१, बुधबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपाल आउने प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न सम्भव छैन’

काठमाडौं : कृषिमन्त्री चक्रपाणि खनालले शुक्रबार कालिमाटी तरकारी बजारअन्तर्गत रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन् ।
शुक्रबार प्रयोगशालामा पुगेका मन्त्री खनालले केन्द्रीय ल्याबमा १६९ र अन्यत्र दुई समूहका विषादी परीक्षण हुने बताए । मन्त्री खनालले अहिले तरकारीमा विषादीको प्रयोग भयावय नभएको समेत दाबी गरे ।

उनकाअनुसार अर्गानोफस्फेट र कार्बामेट समूहको विषादी सबै प्रयोगशालामा परीक्षण हुन्छ, जसले तरकारीमा प्रयोग हुने विषादीको करिव ३३ प्रतिशत हिस्सा ओगट्छ । अरु परीक्षण गर्न भने केन्द्रीय प्रयोगशालामा नै आउनुपर्छ । साथै यहाँ पनि सबै समूहको विषादी परीक्षणको रिपोर्ट आउन दुई दिन भन्दा बढी समय लाग्छ । उनले अघि भने, ‘नेपाल आउने प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न सम्भव छैन ।’

विषादी परीक्षण गर्ने निर्णयपछि पनि सरकारले प्रत्येक गाडीबाट नमुना निकालेर परीक्षण गर्न थालेको नभई फाइटो सर्टि्फिकेट खोजेको बताए । ‘फाइटो सर्टि्फिकेट भएका ट्रकहरु आइरहेका थिए, नभएकालाई ल्याउन भनेका थियौं’ मन्त्री खनालले भने ।

अरु देशले पनि प्रत्येक ट्रकबाट नमुना निकालेर परीक्षण नगर्ने तर, शंका लागेमा चेकजाँच गर्ने गरेको उनले सुनाए । उनले भने, ‘अहिले नेपालबाट कतारमा तरकारी जान्छ तर, दिनदिन चेक हुँदैन ।’

पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हटेपछि सरकार आलोचित भएको छ । यद्यपि, सरकारले पूर्वाधार नभएकाले तत्काल विषादी परीक्षण गर्न सम्भव नभएको बताउँदै आएको छ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्