Logo
१२ बैशाख २०८१, बुधबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिभुवन विमानस्थलको धावन मार्गबाट चिप्लियो यती एयरको जहाज, अहिले सबै उडान बन्द

काठमाडौं : नेपालगन्जबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलस्थित धावनमार्गमा चिप्लिएको छ ।

बिहान १० बजेर १५ मिनेटमा नेपालगन्ज एयरपोर्टबाट उडेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएको हो ।

धावनमार्गबाट यतिको जहाज चिप्लिँदा दुईजना यात्रु घाइते भएका छन्। जहाज चिप्लिएपछि अहिले उडान सबै बन्द भएको छ।

धावनमार्गबाट चिप्लिएको जहाजलाई अहिले निकाल्ने काम भइरहेको नागरिक उड्ययन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

नेपालगन्जबाट ७० जना यात्रुसहित आएको यतिको एटीआर विमान धावनमार्गबाट चिप्लिएको हाे । विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौड्यालका अनुसार घाइतेसहितका सबै यात्रुलाई उद्धार गरिसकिएको छ ।

’ठुलो दुर्घटना होइन, लगातारको बर्षातले गर्दा विमान रनवेबाट स्लिप खाएको अनुमान हामीले गरेका छौँ । अहिले रनवेबाट विमान निकाल्ने प्रयास भइरहेको छ’, पौड्यालले भने, ’सामान्य घाइते भएका दुवैजनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको छ ।
उनीहरुको अवस्था समान्य छ।’ विमान रनवेमै भएकाले अहिले विमानस्थल बन्द रहेको पौड्यालले बताए । ’अहिले विमानस्थल बन्द भएको छ’, उनले भने, ’विमान हटाउनेबित्तिकै उडान सुचारु हुन्छ।’

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्