Logo
१३ बैशाख २०८१, बिहीबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट यी रुटमा साझाका रात्रीकालिन बस सेवा सुरु हुँदै

काठमाडौँ :  उपत्यकामा आजबाट रात्रीकालीन बससेवा सञ्चालन भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा परिक्षणका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस सुरु गरेको हो ।

साँझ ६-७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुश्किल हुने समस्यालाई मध्यनजर गर्दै साझा यातायातले उक्त सेवा सुरु गरेको हो । ३ रुटमा बस सुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेले बताए ।

उनका अनुसार न्युरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्युरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलंकी र न्युरोड गेटबाटै नयाँ बानेश्वर, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर ३ रुटमा अहिले बस सुरु भएको छ ।
अहिले परिक्षणका रुपमा ३ वटा बसबाट सुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्