Logo
१५ चैत्र २०८०, बिहीबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप क्रिकेट : उपाधिका दावेदार इंग्ल्यान्ड र न्यूजिल्यान्ड अन्तिम पटक भिड्ने

 इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी विश्वकप क्रिकेटमा आयोजक टोली इङ्ग्ल्याण्ड र न्यूजिल्याण्ड उपाधिका लागि अन्तिम पंटक आइतबार भिड्ने भएका छन् ।

बुधबारको खेलमा भारतलाई मात दिएपछि फाइनल पुगेको न्यूजिल्यान्डसँग बिहीबार साविक विजेता टोली अस्ट्रेलियालाई पराजित गर्दै फाइनल पुगेको इंग्लाइन्ड लर्ड्स क्रिकेट मैदानमा भिड्नेछन् ।

५ पटक विश्वकपको आयोजना गरेको इंग्ल्यान्ड चौथो पटक फाइनलमा पुगेको हो भने न्यूजिल्यान्ड योसहित दोस्रो पटक फाइनलमा पुगेको हो । यस्तै, क्रिकेटको मक्का मानिने लड्स क्रिकेट मैदानमा यो सहित ५ पटक विश्वकपको फाइनल खेलाइँदैछ । जसमा इंग्ल्यान्ड दोस्रो पटकमात्रै लर्ड्समा फाइनल खेल खेल्दैछ ।

जारी विश्वकपमा इंग्ल्यान्ड र न्यूजिल्यान्ड फाइनलमा पुगेसँग विश्व विजेता नयाँ टोली हुने भएको छ । यी दुवै टोलीले अहिलेसम्म विश्वकपको उपाधि उचाल्न सकेको छैन् ।

पछिल्लो समय बलियो टोलीका रुपमा उदीयमान न्यूजिल्यान्डका कप्तानले आफ्नो टोली आत्मविश्वासी रहेको बताएका छन् । उनले फाइनलका लागि खेलाडीहरु उत्साहित समेत रहेको बताए । यस्तै, इंग्ल्यान्ड फाइनलमा पुगेसँगै आयोजक टोलीले नै उपाधि उचाल्ने आँकलन कतिपयले गर्न थालिसकेका छन् ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्