Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा विज्ञापन विरुद्ध टिएमएनसीले गर्यो आन्दोलनकाे घोषणा, साउन २ गते नेपाल बन्द

काठमाण्डौं : संविधानको मर्म विपरीत लोकसेवा आयोगले गरेको र समावेशी विरूद्ध विज्ञापन रद्द गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ ।

तराई मधेश राष्ट्रिय परिषद (टिएमएनसी) ले लोकसेवा विज्ञापन विरूद्ध चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।

हालको स्थानीय तहको लोकसेवाको विज्ञापन संविधानको म“ल मर्मको विपरीत र सीमान्तकृत जनजाति, मधेशी, दलित, मुश्लिम र पिछडिएको क्षेत्र र अपांगहरू प्रति अन्याय र विभेदको प्रतीक रहेको ठहर गर्दै आन्दोलनको घोषणा गरिएको हो ।

तराई मधेस राष्ट्रिय परिषद, आदिवासी जनजाति महासंघ, दलित महासंघ, आदिवासी जनजाति महिला महासंघ, अपांग महासंघ, पिछडिएका क्षेत्र, पार्टी निकट अदिवासी मोर्चा, कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, थारू कल्याणकारी सभा, थरूहट राष्ट्रिय भेला तयारी समिति एकताबद्ध भएर लोकसेवा विरूद्ध विशाल जनप्रदर्शन गर्ने भएको छ ।

घोषणा गरिएको आन्दोलनको कार्यक्रम अन्तर्गत यही असार २८ गते शनिबार प्रचारप्रसार र पर्चा वितरण कार्यक्रम राखिएको छ भने आईतबार असार २ गते काठमाडौं लगायत देशभरिको विभिन्न जिल्लामा मशाल ज’ल’स प्रदर्शन गरिने भएको छ ।

यस्तै, असार ३ गते सिटि जुलुस र असार ३ गते काठमाडौंको माईतिघर मण्डलासहित देशैभरि विशाल जनप्रदर्शन गर्ने भएको छ भने साउन २ गते नेपाल बन्दको घोषणा गरिएको छ ।

तराई मधेश राष्ट्रिय परिषद्का सदस्य काशिन्द्र यादवले जनाए अनुसार, आरक्षण बचाऔं आन्दोलनमा यसपछि लोकसेवा विरूद्ध अन्य विभिन्न विरोध तथा खबरदारीका कार्यक्रमहरू समेत सार्वजनिक गरिने जनाइएको छ ।

न्यूज ब्यूरोसँग कुराकानी गर्दै तराई मधेश राष्ट्रिय परिषद्का सदस्य यादवले भने, ‘हालको स्थानीय तहको लोकसेवाको विज्ञापन संविधानको मूल मर्मको विपरीत र सीमान्तकृत जनजाति, मधेशी, दलित, मुश्लिम र पिछडिएको क्षेत्र र अपांगहरू प्रति अन्याय र विभेद को प्रतीक हो । यो नेपालमा एकल जातीय अधिपत्यलाई निरन्तर राख्ने कुत्सित नियतबाट निर्दे्शित छ । संसद, लोकसेवा र अदालत समेत सबैको यस षड्यन्त्रमा मिलोमतो देखिएकोले अब हामीसँग सडक संघर्ष र आन्दोलन बाहेक क’नै बाटो रहेन । त्यसैले अब हामी कडा संघर्षमा जाँदैछौं ।’

उनले यो आन्दोलन कुनै संगठन वा दल विशेषको आन्दोलन नभएर सम्पूर्ण उत्पीडित र न्यायप्रेमी जनताको आन्दोलन भएकाले आन्दोलनमा आ-आफ्नो ठाउँबाट नेतृत्व लिन सबैमा अह्वान समेत गरे ।

प्रकाशित मिति: Jul 11, 2019

प्रतिक्रिया दिनुहोस्