Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समुहका जिल्ला इन्चार्जसहित १२ कार्यकर्ता नेकपामा प्रवेश, अध्यक्ष दाहालले गरे स्वागत

ललितपुर : विप्लव समुहका मेची-कोशी ब्यूरो इन्चार्ज एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालले स्वागत गरेका हुन् ।

स्वागत गर्ने क्रममा अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताए ।

अध्यक्षले बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समुहहरु एक जुट भई यो महान् उद्देश्य पुर गर्न लाग्नु पर्ने बताए । उनले भने, ‘कम्युनिष्ट पार्टीको झण्डा मुनी रहेका साथीहरुलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धि तिर देशलाई लैजान सकिन्छ । हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो । हामी एकजुट हुँदा नै हामी बलियो हुने हो ।’ जो जहाँ ब्यूँझियो त्यहिँबाट उठेर हिँड्ने हो, सबै ब्यूँझाउँछु भन्न थाल्दा सम्भव नहुने उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीले विशाल पार्टीको आधार तयार गरिएको छ, यहाँ सबै अट्छन् ।’ उनले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका बरिष्ठ नेताहरुलाई पनि नेकपामा आउन आव्हान गर्दैै सबैको योगदानको कदर नेकपामा हुने बताए ।

प्रकाशित मिति: Jul 11, 2019

प्रतिक्रिया दिनुहोस्