Logo
६ बैशाख २०८१, बिहीबार
(July 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई आफ्नै सल्लाहकारदेखि मन्त्रीसम्मले दिएनन् भारतीय पत्रबारे जानकारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको पत्र गोप्य राख्ने विरुद्ध छानबिनपछि कारवाही थाल्ने बताएका छन् ।

तरकारी तथा फलफूलमा विषादी परीक्षण रोक्न भारतीय दूतावासले पठाएको पत्र कर्मचारीहरुले लुकाइदिँदा आफूले लज्जित हुनुपरेको बताउँदै प्रधानमन्त्रीले उक्त पत्र गोप्य राख्ने विरुद्ध छानबिन कारबाही थाल्ने बताएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंमा गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुन: संरचना’ राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै कठोर कदम चाल्ने उल्लेख गरेका छन् ।

’भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ । भारतबाट आएको पत्र गोप्य राख्दा लज्जित हुनुपर्ने अवस्था आयो’, उनले भने, ’मलाई झुक्याएकाले छानबिनपछि कारवाही थाल्छु । विभिन्न ठाउँमा कूटनीतिक प्रयास भइरहँदा पनि मलाई जानकारी नदिनुले लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु।’

आफूलाई झुक्याएको विषय लापरवाही वा नियतवश बुझ्ने काम भइरहेको जानकारी प्रधानमन्त्री ओलीले दिए। विषादी प्रकरणमा भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको पत्र कृषि तथा पशुपंक्षी मन्त्रालय हुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुग्दा पनि लुकाइएको थियो ।

यो पत्र आएकोबारेमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदाश बैरागी, कृषि सचिव र वाणिज्य सचिवलाई थाहा भएको खुलेको छ । आफ्नै सल्लाहकारदेखि मन्त्री र सचिवसम्मले पत्रबारे जानकारी नदिएपछि प्रधानमन्त्री ओलीले लज्जित हुनुपरेको भन्दै माफी मागेका हुन्।

’नेपालीको भान्सामा विषादी पाक्न हुँदैन’, उनले भने, ’शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य हो । सरकारविरुद्ध चलाएको मिसन पूरा हुन दिन्न।’ प्रधानमन्त्रीले विषादी प्रकरणको पत्र जानीबुझी लुकाएको सूचना आएको भन्दै आक्रोश पोखेका छन् ।

तरकारी र फलफूलका विषादी जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएको कुरा खोजी गरिने बताए

प्रकाशित मिति: Jul 11, 2019

प्रतिक्रिया दिनुहोस्