Logo
१२ बैशाख २०८१, बुधबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको वर्छवामा श्रीमानलाई धारिलो हतियार प्रहार गरी मार्ने श्रीमती पक्राउ

सुनसरी/ मिति २०७६।०१।०८ गते रातीको समयमा जिल्ला सुनसरी ईनरुवा न.पा.वडा नं. ७ वर्छवा स्थित मुसहरी टोल बस्ने बिधानन्द ऋषिदेवको छोरा बर्ष २४ को मुकेश ऋषिदेबलाई आफ्नै घरमा तत्काल नामथर नखुलेको मानिसले धारिलो हत्तियार दाउ प्रहार गरी कर्तब्य गरी मारेको घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा मुकेश ऋषिदेवलाई आफ्नै श्रीमतीले मारी वारदात स्थानबाटै भागी भारततर्फ फरार भएको भन्ने खुल्न आए पश्चात सादा पोशाकमा प्रहरी परिचालन गरी बिमला ऋषिदेवको खोजतलास भईरहेकोमा मिति २०७६।०३।२४ गते गाउ घरमा आई लुकीछिपी बसेको भन्ने सुचना प्राप्त भई उक्त स्थानमा प्रहरी टोली गई पक्राउ गरी अदालतबाट कर्तब्य ज्यान मुद्दामा ५ (पाँच) दिनको म्याद थप अनुमती लिई उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिप्रका सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्