Logo
१३ बैशाख २०८१, बिहीबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा उत्कृष्ट कृषकहरुलाइ पुरस्कार वितरण

सुनसरी/ सुनसरीको दुहवीमा कृषि क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै १० जना कृषकहरुलाइ नगद ५ हजार सहित प्रमाण–पत्र
बितरण गरिएको छ । नगर विकास कार्यक्रम अन्तर्गत दुहवी नगरपालिकाले न.पा.सभाहलमा वुधवार भएको कार्यक्रममा दुहवी नगर प्रमुख
बेदनारायण गच्छदारले पुरस्कार वितरण गर्नुहुँदै परम्परागत कृषि प्रणालीबाट व्यवसायिक कृषि प्रणालीमा दुहवी नगरपालिका उन्मुख हुँदै गएको वारेमा जानकारी गराउँनु भयो । नगर प्रमुख गच्छदारले व्यवसायिक कृषि प्रणाली कालागि दुहवी नगरपालिकाले दुध तथा तरकारी प्रसोधन केन्द्रको स्थापना गर्नकालागि तयारी गर्नुकासाथै कोल्ड स्टोरको समेत डिपिआर तयार भइसकेको बताउँनु भयो ।
कार्यक्रममा दुहवी नगरपालिकाका वडाध्यक्षहरु, दुहवी नगरपालिकाका कृषि अधिकृत सिताराम ढकाल लगायतको सहभागिता रहेको थियो

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्