Logo
१३ बैशाख २०८१, बिहीबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनलाइनखबर समेत ३ दर्जन बढी अनलाइनले गरे प्रतिकूल सामग्री प्रकाशित, यी हुन् अवज्ञाकारी सञ्चारमाध्यमहरु

काठमाडौं : प्रेस काउन्सिल नेपालमा दर्ता भएका अनलाइन सञ्चारमाध्यमको संख्या १७ सय ४७ वटा रहेको छ । यस्तै एफएम रेडियो ८४०, स्याटलाइट टिभी १५३ र नियमितरुपमा प्रकाशित भएका पत्रपत्रिकाहरु ९१२ वटा रहेको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार विद्युतीय सञ्चारमाध्यममा २०७५ साउन देखि ०७६ असार २० सम्म जम्मा ४८२ वटा उजुरी परेकोमा ४५० वटा पर्छ्योट भएका छन् ।

यस्तै २९ वटा प्रक्रिया र ३ वटा अवज्ञाकारीको सूचीमा परेको काउन्सिलका उप(प्रशासकीय अधिकृत रामशरण बोहराले जानकारी दिए । यसैगरी छापा माध्यममा कूल १३८ वटा उजुरी परेकोमा १३२ वटा पर्छ्योट र १ वटा अवज्ञाकारीको सूचीमा परेको उनले बताए ।

आचार संहिता उलंघन गर्ने छापा माध्यममा सबैभन्दा बढी साँघु साप्ताहिक परेको छ । साँघुविरुद्ध ९ वटा आचारसंहिता उलंघनको उजुरी परेको काउन्सिलले जनाएको छ ।

यस्तै जनआस्थाबाट ४ वटा, आर्थिक दैनिकबाट ५ वटा, अन्नपूर्ण पोस्ट दैनिकबाट ३ वटा, कान्तिपुर, नागरिक, गोरखापत्र, नेपाल समाचारपत्र, बुधबार साप्ताहिक र सद्भाव दैनिक (बाँके)ले समान २–२ वटा आचारसंहिता उलंघन गरेका छन् ।

यस्तै आचारसंहिता प्रतिकूल सामाग्री छाप्ने छापा माध्यममा ताजा समाचार दैनिक, राष्ट्रवाणी साप्ताहिक, अवधारणा साप्ताहिक, लगायत २० वटा पत्रपत्रिका रहेका छन् ।

यसैगरी अनलाइन खबर डटकम, नेपाल समय डटकम, जनबोली डटकम, दैनिकी डटकमलगायत ३ दर्जन बढी अनलाइन सञ्चारमाध्यमहरुले पनि प्रतिकूल सामग्री प्रकाशित गरेको काउन्सिलले जनाएको छ ।

यस्तै काउन्सिलले आजतक मधेस डटकम, काठमाडौं डेली डटकम, आरएन खबर डटकम, इन्फोनेपाल डटकम, नेपाल सूचना डटकम, नेपाल सूचना डटकम, जनपाटी डटकम, सिधान्यूज डटकम, गारेपारे डटकम र मूलधारन्यूज डटकम अनलाइनलाई अवज्ञाकारीको सूचीमा राखेको छ । यस्तै छापा सञ्चारमाध्यममा राजधानी आस्था साप्ताहिक (चितवन), स्वराज साप्ताहिक (काठमाडौं), नदा एक्सप्रेस साप्ताहिक (कास्की) र फास्ट टाइम्स दैनिक (सुनसरी) लाई पनि अवज्ञाकारी सञ्चारमाध्यमको सूचीमा राखेको छ ।

यसअघि अवज्ञाकारीको सूचीमा रहेका विद्युतीय सञ्चारमाध्यम माउन्टेन टिभी, सुशासन न्यूज डटकम, काठमाडौं टुडे, ताजापत्रिका डटकम र दैनिक नेपाललाई भने काउन्सिलले सो सूचीबाट हटाएको जनाएको छ ।

यस्तै यस्तै अन्नपूर्ण पोस्ट दैनिक, जनसवाल राष्ट्रिय दैनिक, नेपाल समाचारपत्र, राष्ट्रिय लोकतन्त्र दैनिक (सर्लाही), भण्डाफोर अभियान साप्ताहिक (चितवन), गोरखापत्र दैनिक (काठमाडौं) र रोडम्याप दैनिक साप्ताहिलाई पनि पक्रिया पुर्याइ अवज्ञाकारीको सूचीबाट हटाइएको छ ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्