Logo
८ बैशाख २०८१, शनिबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको नाम परिवर्तन गर्न माग : मधेशी आयोगको कार्यक्रममा आएनन् मधेशी नेता

काठमाण्डौ : मधेशी आयोगको कार्यक्रमलाई सरकारमा सामेल रहेका मधेशी नेताहरुले बहिस्कार गरेका छन् । बुधवार काठमाण्डौ स्थित होटेल एलो पेगोडामा आयोजित कार्यक्रममा मधेशी नेताहरु अनुउपस्थित भएका हुन् ।

त्यसैगरी कार्यक्रममा नेपालको नाम परिवर्तन गर्नुपर्ने माग उठेका हुन् भने मधेशी आयोगको कार्यक्षेत्रलाई पुनरावलोकन समेत हुनुपर्ने माग उठेको हो ।

कार्यक्रममा मधेशी अगुवा भनेर चिनाइएकाहरु समेत सहभागी भएका थिएनन् । मधेशी अगुवाका रुपमा चिनिएकाहरु सिकेलाल, तुलानारायाण साह, विजय कर्ण, धिरेन्द्र प्रेमर्सी लगायतकाहरु समेत अनुपस्थित रहेका थिए ।

मधेशीको समस्याको पहिचान गरि त्यसको उथ्थानका लागि देशभरीबाट संकलन गरिएका समस्याहरुको समाधानका लागि आयोजित विज्ञहरु सम्मिलित कार्यक्रममा मधेशी नेताहरु समेत अनुउपस्थित भएका हुन् ।

कार्यक्रममा प्रदेश १, प्रदेश ५ का मधेशीहरुको बढी उपस्थितीति देखिएपनि औषतमा प्रदेश २ का मधेशीहरुको उपस्थिती भने कम देखिएका थिए । लगभग ३०० जनालाई निमन्त्राण गरिएता पनि कार्यक्रममा लगभग १०० जना मात्र उपस्थित देखिएका थिए ।

उपप्रधानमन्त्री उपेन्द्र यादव, संघीय मामिलामन्त्री लालबाबु पंडित, उद्योगमन्त्री मातृका यादव लगायतलाई बोलाइए पनि उक्त कुनै मनत्रीहरुको उपस्थिती भने देखिएन ।

‘कार्यक्रमका सहभागीहरुले भने मधेशी आयोगकै कार्यक्रममा मधेशी मन्त्रीहरु अनुउपस्थित’ भन्दै टिकाटिप्पनी गरिरहेका देखिन्थे ।
कार्यक्रममा प्रमुख अथितीको रुपमा भने उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रध्यापिका डा.संजिता वर्मा, पत्रकार तथा अधिकारकर्मी वीरेन्द्र केएम, अभियान्ता आनन्द गुप्ता लगायतले समुहबाट उठेका समाधानका उपायहरुलाई सार्वजनिक गरेका थिए ।

कार्यक्रममा पत्रकार तथा अधिकारर्की केएमले ‘मधेशी को?’ भन्ने विषय नै गौण रहेकाले मधेशी आयोगको क्षेत्र निर्धारणमा पुर्नारवलोकन हुनु पर्ने बताए । मधेशी पिछिडावर्ग समावेशी आयोगमा, मधेशी महिला महिला आयोगमा, मधेशी जनजाती आदिवासी जनजाती आयोगमा, मधेशी अल्पसंख्यक समावेशी आयोगमा, मधेशी मुस्लिम मुस्लिम आयोगमा, मधेशी दलित दलित आयोगमा, मधेशी आदिवासी थारु आयोगमा अनि मधेशी बच्यो त को ? भन्दै केएमले भने त्यसैले यसमा पुनारवलोकन हुनुपर्दछ ।

त्यसैगरी अभियन्ता गुप्ताले नेपाललाई मातृत्व बनाउन यस्को नाम नै परिवर्तन गर्नुपर्ने माग गरे, म्यनमार, इरान आदिको नाम परिवर्तन गरिएको तथा भारतको समेत कयौं नाम रहेको भन्दै सबै जनतालाई अपनत्व हुने गरि नयाँ नाम पनि निर्धारण गर्नु पर्ने उनले बताए । एउटा खास समुदायको भेषभुषा भाषा कदापी पनि सबैका लागि अपनत्व हुन नसक्ने भन्दै उनले भारतको बिभिन्न नाम जस्तै नयाँ नाम थप्न उनले माग गरेका हुन् ।

राष्ट्रिय एकताका लागि हिमाल, पहाड र तराई एकजुट हुनुपर्छ : उपप्रधानमन्त्री पोख्रेल
यसैबीच उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।
उपप्रधानमन्त्री पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढेमात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिने पनि स्पष्ट पारे ।

बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाभिमानको रक्षा गर्न पनि सबै समुदाय एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि दोहो¥याए ।

उपप्रधानमन्त्री पोखरेलले तराई, मधेशका जनतामा देशभक्तिको भाव अतिधेरै रहेको उल्लेख गर्दै उनीहरुको योगदानको खोजी गर्न पनि मधेशी आयोगलाई आग्रह गरे ।

उपप्रधानमन्त्री पोखरेलले विभिन्न समुदायका आ-आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

पोखरेलले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेशका थारु लगायतका समूदायको पु¥याएको योगदानको पनि उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरुलाई समेत सुझाव दिए ।

काठमाडौंमा वुधवार मधेसी आयोगद्धारा आयोजीत मधेशी समुदायको हकहितको संरक्षण सम्बद्धन तथा सशक्तीकरण सम्बन्धी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिरः प्रदीपराज वन्त, रासस

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्