Logo
११ बैशाख २०८१, मंगलबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँन हिमाल, पहाड र तराई एकजुट हुनुपर्छ : उपप्रधानमन्त्री पोख्रेल

काठमाडौं : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले हिमाल, पहाड र तराई एकजुट भएर अघि बढेमात्रै मुलुकको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजान सकिने पनि स्पष्ट पारे ।

बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाभिमानको रक्षा गर्न पनि सबै समुदाय एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि दोहो¥याए ।

उपप्रधानमन्त्री पोखरेलले तराई, मधेशका जनतामा देशभक्तिको भाव अतिधेरै रहेको उल्लेख गर्दै उनीहरुको योगदानको खोजी गर्न पनि मधेशी आयोगलाई आग्रह गरे ।

उपप्रधानमन्त्री पोखरेलले विभिन्न समुदायका आ-आफ्नै समस्या रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि विचार–विमर्श गर्दै अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

पोखरेलले नेपालको राष्ट्रियताको संरक्षणमा तराई, मधेशका थारु लगायतका समूदायको पु¥याएको योगदानको पनि उचित कदर हुने गरी खोज र अनुसन्धानका कामलाई अघि बढाउन विज्ञहरुलाई समेत सुझाव दिए ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्