Logo
१५ चैत्र २०८०, बिहीबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनौठो समुदाय जहाँ दुलहीलाई दाइजोमा दिइन्छ विषालु सर्प

भारत :  प्राय विवाहमा छोरीबेटीलाई दाइजोको रुपमा कपडा लत्ता, रुपैँया, गााडी दिने चलन छ । तर आज दाइजोसँग सम्बन्धित एउटा अनौठो चलनको बारेमा खुलाका भएको छ ।

त्यो के हो भने, विवाहमा दाइजोको रुपमा सर्प दिने चलन । सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविक कुरा हो । भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा सर्प दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ ।

सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन् । यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन् । बरु सर्पसँगै खेलिरहेका देखिन्छन् । खासगरी यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन् ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्