Logo
१३ बैशाख २०८१, बिहीबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, २ को मृत्यु

सांकेतिक तस्बिर

भोजपुरमा आज प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ । उक्त घटनामा २ जनाको मृत्यु र १ जना घाइते भएको बताइएको छ ।

गोली लागी मृत्यु हुनेमा १ जना प्रहरी र १ जना विप्लवका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । खोटाङ स्थायी घर भएका प्रहरी सञ्जीव राईको गोली लागेर मृत्यु भएको हो भने एक जना प्रहरी घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आज विहान प्रहरीलाई लक्षित गरी भोजपुर बजारमा गोली प्रहार हुँदा दोहोरो झडप भएको थियो । झडपमा घाइते भएका ३ जना मध्ये २ जनाको अस्पतालमा मृत्यु भएको हो अर्का १ जनाको उपचार भइरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले गोली चलाउने समूहको खोजी जारी राखेको छ ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्