Logo
July 10, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईसीसी विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्डको खेल आज फेरि हुने

इङ्ल्यान्डको वल्ड ट्राफोर्ड मैदानमा जारी आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल खेल आज पनि हुने भएको छ ।

गएराति मंगलबार वर्षाका कारण खेल रोकिएपछि आज फेरि खेल खेलिने भएको हो । उक्त खेलमा न्यूजिल्याण्डले टस जितेर सर्वप्रथम ब्याटिङ गरेको थियो ।

४६.१ ओभरमा ५ विकेटको क्षतिमा न्युजिल्यान्डले २ सय ११ रन बनाउँदा पानी परेपछि खेल स्थगित गरिएको थियो । आयोजक आईसीसीले बुधबार रिजर्भ डे राखेकाले बाँकी ओभरका खेल खेलाईने छ । मंगलबार जहाँबाट खेल रोकिएको थियो त्यहीबाट सुरु हुनेछ । न्युजिल्यान्डले २३ बलको सामना गर्न बाँकी छ । उसँग ५ विकेट बाँकी छ ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार १०:३७

प्रतिक्रिया दिनुहोस्