Logo
१३ बैशाख २०८१, बिहीबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘द कपिल शर्मा’ शोमा आजसम्म नदेखिएका यी ४ सेलिब्रेटी

मुम्बई :  चर्चित हाँस्यकलाकार कपिल शर्माको कमेडी शो द कपिल शर्मा शोमा हरेक हप्ता नयाँ गेष्ट आउने गर्छन् । यो शोमा फिल्मदेखि खेलकुद तथा अन्य क्षेत्रसँग जोडिएका सेलिब्रेटी पनि आउने गर्दछन् । यो शोमा गेष्ट बनी आउन थुप्रै सेलिब्रेटीहरु लालहित हुने गर्छन् । यर यस्ता पनि सेलिब्रेटी छन् जसले कपिलको शोमा आउन इन्कार गरेका छन् ।

ती सेलिब्रेटीहरु यहाँ उल्लेखित छ  :

१. एम एस धोनी :
सुशान्त सिंह राजुपत अभिनित बायोपिक फिल्म ‘ध्वनीः द अनटोल्ड स्टोरी’ को प्रोमोसनका बेला कपिल शर्माले महेन्द्र सिंह धोनीलाई शोमा बोलाएका थिए । निकै व्यस्त बताउँदै उनले कार्यक्रममा नआउने बताएका थिए ।

२. आमिर खान :
सलमान खान र शाहरुख खान कयौं पटक कपिल शर्मा शोमा देखिएका छन् तर बलिउडका शीर्ष तीन खानमध्ये आमिर खान भने कहिले पनि उक्त शोमा देखिएका छैनन् ।

३. सचिन तेन्डुलकर :
कपिल शर्माले कयौं पटक आफू क्रिकेट र सचिन तेन्डुलकरको ठूलो प्रशंसक भएको बताएका छन् । कपिलको शोमा विराट कोहली, युवराज जस्ता दिग्गज क्रिकेटर आएका छन् । तर सचिनले हरेक पटक शो इन्कार गरेका छन् ।

४. संजय दत्त :
अभिनेता संजय दत्त पनि कपिल शर्मा शोमा नदेखिएका कलाकार हुन् ।

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्