Logo
१३ बैशाख २०८१, बिहीबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिसी यू-१९ क्रिकेट : नेपालको शानदार जीत

काठमाडौं :  मलेशियाको किनरारा ओभलमा आयोजित एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले हात पारेको छ । नेपालले हङकङविरुद्ध ६ विकेट लिएको हो ।

सोमबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै हङकङले दिएको ९६ रनको चुनौती नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा भेट्टाएको हो ।

नेपाललाई उपाधि दिलाउने क्रममा पवन सर्राफले ३६ बलमा ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १४ बलमा १३ रनको योगदान दिए। खड्गबहादुर बोहराले २२ बलमा केबल ८ रन बनाउन सके । त्यसैगरी रोहितकुमार पौडेलले १० बलमा १२ रन र भीम सार्कीले ११ बलमा ८ रन बनाए । हङकङका लागि रौनक कपुरले २ विकेट लिए । मोहम्मद हसन खान र मोहम्मद हसन १र१ विकेट लिन सफल भए ।

उपाधि जितेसँगै श्रीलंकामा हुने एसिसी यू-१९ एसिया कपम क्रिकेट प्रतियोगिताका लागि नेपाल छनोट भएको छ । एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईको टुंगो लागिसकेको छ।

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्