Logo
१२ बैशाख २०८१, बुधबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साझा यातायातले थाल्यो रात्रिकालीन सेवा

काठमाडौँ :  साझा यातायतले राति १० बजेसम्म चल्ने गरी आफ्नो रात्रीकालीन सेवा सुरु गरेको छ ।

पहिलो चरणमा साझाका ३ वटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी-कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ ।

साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरका अनुसार गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको हो । ‘यसअघि साझा राति ९ बजेसम्म सञ्चालन भइरहेका थिए । अहिले ३ वटा बस थप गरी एक घन्टा ढिलोसम्म सञ्चालन गर्न थालेका छौँ,’ उनले भने, ‘यो ट्रायलका रूपमा सञ्चालन गरेका हौँ । केही समयपछि अन्य बसले पनि १० बजेसम्म सेवा दिनेछन् ।’

साझा यातायातसँग हाल ७१ वटा बस छन् । जसमध्ये ४ वटा बसले लामो दूरीमा सेवा पुर्याइरहेका छन् । बाँकी बसले काठमाडौं उपत्यकभित्र सेवा दिन्छन् ।

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्