Logo
८ बैशाख २०८१, शनिबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीकापुर घटनालाई विद्रोहको रुपमा मनाउने थरुहटको निर्णय, रेशम चौधरीलाई रिहा गर्न माग

काठमाण्डौ : थारु कल्याणकारिणी सभाले मुख्यतः संविधान संशोधन र टीकापुर घटनामा दोषी ठर्हयाइएका सांसद रेशमलाल चौधरीको रिहाइको माग गर्दै १४ बुँदे माग अघि सारेको छ ।

चितवनको सौराहामा एकिकृत थरुहट राष्ट्रिय भेलापछि २१ बुँदे घोषणा पत्र जारी गर्दै थारु कल्याणकारिणी सभाले उक्त माग गरेको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले जानकारी दिए ।

यस्तै लोक सेवाको विज्ञापनमा समावेशी नभएकाले खारेज गर्न माग गरिएको छ भने राजनैतिक टीकापुर घटना भएको भदौ ७ गतेको दिनलाई विद्रोहको रुपमा मनाउने तयारी भइरहेको थाकसका महामन्त्री चौधरीले जानकारी दिए ।

उनले भने, ‘टीकापुर घटनाबारेको लाल आयोगले बुझाएको प्रतिबेदन किन लुकाइएको छ । सार्वजनिक गरियोस् । सरकारले थारु समुदायमाथि ठूलो अन्याय गरेको छ । राज्यमा पहुँच भएकाहरुले अब अन्याय गरिरहे तराइरथरुहटबाट विद्रोहको ज्वाला निस्किन्छ । थारु समुदायभित्र विभेदको ज्वाला दन्किरहेको छ ।’

यस्तै भदौ ७ गतेको रहस्यमय एवम् दुःखद टीकापुर घटना सत्याग्रह अभियान कैलालीको टीकापुर लगायत सम्पूर्ण थरुहट जिल्लाहरु र काठमाडौंमा समेत गर्ने निर्णय गरिएको छ ।

यसैगरी थहरुहट आन्दोलनलाई शसक्त र प्रभावकारी बनाउन निरन्तर संघर्षका कार्यक्रमको योजना बनाउने र विद्रोहको कार्यदिशा तय गरिने समेत निर्णय भएको थाकसएक एक पदाधिकारीले बताए ।

सरकारसँग औपचारिक रुपमा छलफलका लागि कार्यदल बनाउने, प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापन पत्र बुझाउने र थारु कल्याणकारिणी सभाको भगिनी संगठनहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

यसका साथै थारु कल्याणकारिणी सभाको संयोजकत्वमा थरुहट संघर्ष समिति पुनर्गठन र विस्तार गरिने भएको छ भने थाकसको विधान अनुसार केन्द्रीय अध्यक्षले नै आवश्यकता अनुसार कार्यबाहक दिने निर्णय गर्न सक्ने बताइएको छ ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्