Logo
१५ चैत्र २०८०, बिहीबार
(July 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बुहारीको अवैध सम्बन्ध थाहा पाएपछि सासुमाथि धारिलो हतियार प्रहार

सांकेतिक तस्बिर

वीरगन्ज :  पर्सामा एक परिवारकी बुहारीले परपुरुषसँग नाजायस सम्बन्ध राखेको थाहा पाउँदा आफ्नी सासुको हत्या गर्ने प्रयास गरेकी छिन् । सासुससुराको आँखा छल्दै परपुरुषसँगको यौनलीलाबारे सासुले सुईंको पाएपछि सासुमाथि आक्रमण गरेकी हुन् ।

कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारी बस्ने बर्ष ५५ की राजपति देवी महरालाई उनकै बुहारी इन्दुदवेवी महराले टाउकोमा गडाँसी अर्थात् धारिलो हतियार प्रहार गरी हत्या गर्ने प्रयास गरेको पर्साका प्रहरी नायव उपरिक्षक तथा प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए ।

शनिबार राती ३ बजे इन्दुदेवी महरालाई प्रहरीले नियन्त्रणमा लिएको र पक्राउपछि इन्दुदेवीले अभियोग स्वीकारेको प्रहरीले जनाएको छ । ‘परपुरुषसँगको अवैध सम्बन्ध लुकाउन यो घटना भएको रहेछ,’ शर्माले भने ।

सुरुमा अपरिचित व्यक्तिले टाउकोमा धारिलो हतियार प्रहार गरेको कुरा सार्वजनिक भए पनि पर्सा प्रहरीले गरेका निरन्तर अनुसन्धानका क्रममा घाइते राजपति देवीलाई उनकै ३० बर्षीय बुहारी इन्दुदेवी महराले प्रहार गरेको तथ्य खुलेको शर्माले बताए ।

स्थानीय सोनर पासवानसँग आफ्नो बुहारीको अवैध सम्बन्ध बाक्लिदै गएको सासुले थाहा पाएकी थिइन् । उनीहरु दुवैको सल्लाहमा यो घटना भएको हुनसक्ने स्थानीयको दावी रहेको छ । तर पनि प्रहरीका तर्फबाट भने अनुसन्धान जारी नै रहेको बताइएको छ ।

प्रकाशित मिति: Jul 8, 2019

प्रतिक्रिया दिनुहोस्